ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ चैत
आगामी ८ चैत शुक्रबारबाट नेपाली चलचित्र ११ः५५ देशव्यापी रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रले केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट सेन्सर अनुमति पाएको छ । सेन्सर बोर्डले चलचित्र ११ः५५ लाई बयस्कले मात्र हेर्न मिल्ने एडल्ट सर्टिफिकेट प्रदान गरिएको छ । चलचित्र क्राईम जनरामा निर्माण भएका कारण पनि यसको एडल्ट प्रमाणपत्र पाएको हो । यो चलचित्रलाई अब १६ वर्ष मुनिका बालबालिकाले चलचित्र घरमा हेर्न पाउने छैनन् ।
यो चलचित्रमा सृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । यससँगै सिनेमा सेन्सर पास भएको छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।