कर्माको टिजर रिलिज, एक्सन अवतारमा विपिन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ चैत

आगामी नयाँ वर्षको छेका पारेर २९ चैतमा रिलिज हुने नेपाली चलचित्र कर्माको शुक्रबार काठमाडौँमा एक समारोहबीच टिजर सार्वजनिक गरिएको छ । टिजरमा एक्सन र स्टन्टसँगै मानवीय संवेगलाई स्थान दिइएको छ । निर्देशक सौरभले आफ्नो चलचित्र एक्सनसँगै सामाजिक कथामा आधारित रहेको बताएका छन् ।

यो चलचित्रमा विपिन कार्की पहिलो पटक पूर्ण एक्सन अबतारमा यसमा प्रस्तुत भएका छन् । उनको एक्सन अवतार अहिले चर्चामा छ ।

विपिनसँगै यो चलचित्रमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्य देब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको मुख्य भूमिका छ । विपिन र उपासनासँगै पहिलो पटक यो चलचित्र मार्फत प्रस्तुत हुँदै छन् ।

कर्मामा भास्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । यस्तै कर्मामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, राजेन्द्र मोक्तान रंग संयोजन रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहेको छ ।