चलचित्र आउटलः दफा २१९ रिलिज, सुशीलको एक्सनको तारिफ


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ फागुन

फागु पूर्णिमाको अबसर पारेर अभिनेता सुशील श्रेष्ठको प्रभावशाली चलचित्र आउटलः दफा २१९ शुक्रबारबाट देशभरका चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रले शुक्रबार दिउँसोसम्म धेरै जसो हलमा ८० प्रतिसत भन्दा माथिको अकुपेन्सी पाएको छ । केही हलमा त हाउसफुल पनि भएके छ ।

दर्शकले अभिनेता सुशीलको एक्सनको गजबे तारिक गरेका छन् ।सुशीलले शरीरमा आयो लगाएर फाईट गरेको दृष्यमा दर्शकको व्यापक हुटिङ आएको छ । सुशीलको हरेक एक्सन सिनमा दर्शकले तालीले साथ दिईरहेका छन् । यो चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेललगायतका कलाकारहरूले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

सेन्सरबाट पीजी सर्टिफिकेट पाएको यो चलचित्रलाई १६ वर्ष मूनिका दर्शकले अभिभावको साथमा हेरिरहेको पनि चलचित्र घरमा देख्न पाईइो । यो चलचित्र एक्सन प्रधान अपराध जनरामा आधारित छ । आउटलः दफा २१९ले मुलुकभर १३० भन्दा बढी सो पाएको वितरक पक्षले जनाएको छ । चलचित्रमा बिक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्र आउटलः दफा २१९ नेपालसँगै जापान, कतारलगायत विभिन्न मध्यपूर्वी एशियाका देशमा पनि रिलिज हुँदै छ । यसका निर्माता अमित अग्रहरी हुन भने यसमा चुल्ठे काजीको द्वन्द्व निर्देशन, साहिल खानको सम्पादन रहेको छ ।