ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ फागुन
अग्रज गायक गणेश थापाले आफ्नो स्वरमा नयाँ गीत जीवन रहे हाँसौँला खेलौँला…श्रोतामाझ ल्याएका छन् । यो गीतको भिडियो गणेश थापा अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीत गणेश थापा र समीर राईले लेखेका हुन् । यो गीतमा गायक गणेश थापालाई महिला स्वरमा रचना रिमालले साथ दिएकी छिन् ।
गीतमा श्याम महर्जनको संगीत रहेको छ । गीतमा मिक्सिङ ÷ मास्टरिङ सुवास कुथुमी राईको रहेको छ । गीतलाई मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोलाई सबला खड्का थापाले निर्माण गरेका हुन् । भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । यो गीतको भिडियोमा सुधीर श्रेष्ठ र स्नेहा जोशीको अभिनय रहेको छ । उनीहरूलाई भिडियोमा प्रेमिल जोडीको रूपमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोलाई अर्जुन थापाले छायांकन तथा सम्पादन गरेका हुन् ।