ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन
लामो समयदेखि जापानमा बस्दै आएका नेपाली मोडल हरि पाण्डे यति बेला एउटा नयाँ हिन्दी गीतको भिडियो मार्फत दर्शकमाझ आएका छन् । नेपाली मोडल सृष्टि खड्कासँग हरि पाण्डेले हिन्दी गीत सनम बे…मा अभिनय गरेका छन् । बाराको सिमरा क्षेत्रमा छायांकन गरिएको यो गीतको भिडियोमा उमेर ढल्केको पुरुष र कम उमेरकी युवतीबिचको प्रेम सम्बन्ध देखाइएको छ । पर्दामा हरि र सृष्टिको रोमान्स आकर्षक देखिएको छ ।
शुक्रवार बेलुका काठमाडौँमा एक समारोहबिच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । हरिको अभिनय रहेको यो हिन्दी गीत सनम वे…मा भारतीय गायिका मेहर अन्जुम र गायक प्रजेशको स्वरमा रहेको छ । भारतमा रेकर्ड गरिएको यो गीतको भिडियो भने नेपालमै निर्माण गरिएको हो ।
सोनु मिश्राले लेखेको यो गीतलाई राज वीरले संगीत गरेका हुन् । यो गीतको भिडियो निकै रिच देखिएको छ । यो भिडियोलाई सञ्जय पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा कृष्ण रसालको नृत्य कोरियोग्राफी रहेको छ ।
यसमा दीर्घ गुरुङको छायांकन गरेका हुन भने यो भिडियोको सम्पादक एवम् रंग संयोजक राजेन्द्र पाण्डे हुन् । वान वल्र्ड प्रोडक्सनमा पोस्ट प्रोडक्सन गरिएको यो गीतको भिडियोलाई सृष्टि खड्का अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।