अभिनेत्री गौरी मल्ललाई मातृशोक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ फागुन

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । गौरी मल्लकी आमा हेमकुमारी मल्लको ८८ वर्षको उमेरमा विहिबार अपरान्ह काठमाडौँको गंगालाल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । मुटु सम्बन्धि समस्याका कारण आमा हेमकुमारी करिब एक महिनादेखि अस्वस्थ थिइन् ।

दिवंगत हेम कुमारीको बिहिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनको अन्तिम संस्कारमा नेपाल चलचित्र कलाकार संघका पदाधिकारीसहित नेपाल चलचित्रका विभिन्न कलाकारहरु आर्यघाट पुगेका थिए ।