ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ फागुन
चलचित्र विकास बोर्डद्धारा आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ७ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । उनीहरुलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र थिन्ले ल्हामो (अभिनेत्री) सम्मानित भएका थिए ।
महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिल्ने चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।
गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको थियो ।
महोत्सवमा पहिलो दिन चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरियो भने अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरियो ।