ओस्कारमा पाँच अवार्ड सहित चलचित्र अनोरा सर्वोत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौँ १९ फागुन

नेपाली समय अनुसार सोमबार बिहानीपख अमेरिकाको लस एन्जलसमासम्पन्न ९७ औँ संस्करणको एकेडेमी ओस्कार अवार्ड २०२५ मा हलिउडको यौन महिला व्यवसायीको कथामा आधारित चलचित्र अनोरा सर्वोत्कृष्ट घोषित भएको छ । वाल्ट डिज्नीद्धारा निर्मित यो चलचित्रले ५ वटा अवार्ड जितेको छ । चलचित्र अनोराले सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा गरी पाँच विधामा अवार्ड जितेको छ । जसमध्ये यो चलचित्रबाट तीन अवार्ड त एकै व्यक्तिले जितेका छन् ।

यस्तै अर्को चलचित्र द ब्रुटालिस्टले ३ विधामा अवार्ड जित्यो भने चलचित्र विक्ड र अर्को चलचित्र ड्यूनः पार्ट २ले दुई–दुई विधामा अवार्ड प्राप्त गरेका छन् । फ्रान्सेली चलचित्र एमिलिया पेरेज यस पटक सर्वाधिक १३ विधामा मनोनयनमा परेको थियो । तर यसलाई त्यति धेरै मत प्राप्त भएन । जसका कारण यो चलचित्रले दुई वटा अवार्ड उत्कृष्ट सह अभिनेत्री र उत्कृष्ट मौलिक गीत विधामा चित्त बुझाउनु परेको छ ।

यस पटक सर्वोत्कृष्ट चलचित्रको अवार्ड अनोराले जित्यो भने । निर्देशकको अवार्ड पनि चलचित्र अनोराबाट शॉन बेकरले प्राप्त गरे भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि अनोराबाटै माइकी म्याडिसनले हासिल गरिन । सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र द ब्रुटालिस्टबाट एड्रियन ब्रोडीले जिते भने यस्तै सर्वोत्कृष्ट मौलिक स्कोर (संगीत)को अवार्ड ब्रिटिश संगीतकार डेनियल ब्लमबर्गले चलचित्र द ब्रुटालिस्टबाटै पाए । सर्वोत्कृष्ट छायांकारको अवार्ड पनि चलचित्र द ब्रुटालिस्टले नै लाग्यो ।

यस्तै सर्वोत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जो साल्डानाले चलचित्र एमिलिया पेरेजबाट हासिल गरिन् । सर्वोत्कृष्ट सह–अभिनेताको अवार्ड किरान कल्किनले चलचित्र अ रियल पेनबाट जिते ।

यस्तै सर्वोत्तम एडप्टेड पटकथाको अवार्ड पिटर स्ट्राघनले चलत्रिच कन्क्लेभबाट हासिल गरे भने सर्वोत्तम मौलिक पटकथाको अवार्ड शन बेकरले चलचित्र एनोराबाट जिते ।

यस्तै सर्वोत्कृष्ट ध्वनि र सर्वोत्कृष्ट भिजुएल इफेक्ट गरी दुबै अवार्ड चलचित्र ड्युनः भाग २ ले हासिल गरेको ओस्कार अवार्ड समारोहमा सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड एल मालले चलचित्र एमिलिया पेरेजबाट प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनको अवार्ड चलचित्र विक्डले जित्यो भने सर्वोत्कृष्ट सम्पादनको अवार्ड चलचित्र अनोराबाट शन बेकरले हासिल गरे । समारोहमा सर्वोत्तम कस्ट्युम डिजाइनको अवार्ड भने यस पटक चलचित्र विक्डबाट पल टेजवेलले हासिल गरे ।

यस्तै सर्वोत्कृष्ट लघु चलचित्रतर्फ लाइभ एक्सनको अवार्ड आइ एम नट अ रोबोटले जित्यो भने सर्वोत्कृष्ट मेकअप र हेयर स्टाइलको अवार्ड चलचित्र द सब्स्टेन्सले हासिल गर्यो ।

यस पटक उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड ब्राजिलियन चलचित्र आइ एम स्टिल हियरले हासिल ग¥यो । यसै गरी यो ओस्कर अवार्डमा सर्वोत्तम एनिमेटेड लघु चलचित्रको अवार्ड इन द श्याडो अफ द साइप्रसले हासिल गर्यो भने सर्वोत्कृष्ट फिचर लेन्थको वृत्तचित्र अवार्ड नो अदर ल्याण्डले हासिल गरेको थियो । यस्तै सर्वोत्कृष्ट छोटा वृत्तचित्रको अवार्ड द ओन्ली गर्ल इन द अर्केस्ट्राले पायो ।