ज्योतिष रुद्रनाथको एक साथ ३ म्युजिक भिडिओ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ फागुन

ज्यो पं डा. रुद्रनाथ अधिकारीका एकसाथ ३ वटा म्युजिक भिडिओ एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ (मातृभक्ति गीत) र ‘आउन माया आऊ मेरो हात समाऊ’ (प्रेमिल गीत) का ३ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक कार्यक्रममा गीतकारहरु राजेन्द्र थापा, चुडामणि रेग्मी, एसपी कोइराला, भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताको प्रसंसा गरे । गीतकार संघका अध्यक्ष वसन्त थापाले डा. अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे ।

डा. अधिकारीले रचना गरेका गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बू, सदीक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् । यी गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडिओमा डा. अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।