रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ फागुन

नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ । यसको वसन्त पञ्चमीको शुभ अवसरमा गत माघमा रघुजी फिल्म्सले निर्माण घोषणा गरेको थियो । रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन आयोजक पक्षले अनुरोध गरेको छ ।

सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फम्र्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। । भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समाबेश गर्नुपर्नेछ । यसको अडिसन भिडियोबाट पठाउन पनि आनुरोध गरिएको छ ।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ। रियालिटी शो रास्ट्रीय टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।