ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ फागुन
रंग पत्रकार सानुकाजी श्रेष्ठ सम्मानित भएका छन् । काठमाडौँमा एक समारोहबीच उनलाई विशेष सम्मानबाट सम्मानित गरिएको छ । स्कुल मिलियन्स फर एकेडेमी ट्राम्सफर्मेसनद्धारा हिजो काठमाडौँको कमल पोखरी स्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको विशेष सम्मान तथा विविध कार्यक्रमबिच पत्रकार सानुकाजी श्रेष्ठलाई कला पत्रकारिता विशेष सम्मानबाट सम्मानित गरियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा आयोजक संस्थाका पदाधिकारीहरुले पत्रकार श्रेष्ठलाई सो सम्मान प्रदान गरे । सम्मान अघि गाजाबाजा र स्काउटका युवाहरुको सलामी स्कटिङ सहित उनलाई मञ्चमा स्वगत गरिएको थियो ।
मकवानपुरको ठुलो दमारमा जन्मिएका सानुकाजी बिगत तीन दशक भन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय छन् । सानुकाजी श्रेष्ठ केही वर्ष यताबाट मध्यान्न राष्ट्रिय दैनिकमा बरिष्ट उप सम्पादकका रुपमा कार्यरत छन् ।