३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ फागुन

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ आईतबार बेलुका सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रूपमा थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य एवम् श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्धय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जिटिजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पट तथा विभिन्न चलचित्रकर्मीको विशेष आतिथ्यमा सम्पन्न महोत्सवको समापन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र अफ्रिकन समूहका चलचित्रहरूलाई ३१ विधामा अवार्ड प्रदान गरियो । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्वमा महोत्सव समापन समारोह सम्पन्न भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली चलचित्रको बजार नेपाल सहित विश्वमा बिस्तारै फैलँदै गएको बताए । यस्ता अन्तर्राष्ट्रिय महोत्सवले नेपाली चलचित्रको विकासमा ठुलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

समापन समारोहमा यो वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड छक्का पन्जा ५ ले यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले प्राप्त गरे । कार्यक्रममा सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शँकर घिमिरेले, चलचित्र तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् ।

समारोहमा कथानक चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीको लागि ऋषिराज आचार्यले प्राप्त गरे भने यही चलचित्रबाट अभिनेत्री तर्फ अश्विनी शाहीले जुरी अवार्ड हासिल गरिन् । चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन भने ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड चुमिन् । यस्तै नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले हासिल गरिन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसबाट संगीतका हर्कुलेस बस्नेतले हासिल गरे ।

महोत्सवमा ३१ विधामा अवार्ड विजेताहरूको सुची यहाँ प्रस्तुत गरिएको छ :

Congratulations to the Winners of 13 th Nepal Africa International Film Festival 2025

 

(National Category)

 

1- Best  Feature film

Chhaka Panja 5

(Aama Saraswati Movie)

 

2- Feature Film Director- Jury Award

– Deepa Shree Niraula- Chhaka Panja 5

 

3- Best Director Feature Film

Shankar Ghimire -Tel Visa

 

4-  Feature Film- Special Mention Award

Draupadi – Rishi Raj Acharya

 

5 Best Actor (Male)- Feature Movie

–  Bipin Karki

(Tel Visa)

 

6 Best Actor (Female) – Feature Film

– Barsha Raut

(Aaincho Paincho)

 

8  Jury Award- Actor (Female)

–  Ashwini Shahi

(Draupadi)

 

  1. Best Director – (Debut)

Krisha Chaulagain

(Aicho Paicho)

 

9 Best Co-Actor (Male) Feature Movie

– Kedar Prasad Ghimire

(Chhaka Panja 5)

 

10 Best Co-Actor (Female) Feature Movie

-Richa Ghimire

(Tel Visa)

 

  1. Best Actor (Debut)- Feature film

-Anushka Budhathoki

(Sankalpa)

 

12.Best Music Composer Feature Movie

– Hercules Basnet

(Khulla Aakash- From Movie London To Paris)

 

13, Best Short Films and Director

– Santosh Subedi

(The Tree Man)

 

  1. Best Short Movie Actor

– Kripa Pyakurel

(No smoking Please)

 

  1. Special Mention Award

—Bhupendra kumar Khadka

(No smoking Please)

 

  1. Best Musical Short Film Director

-Sonam Pakhrin

(Timi Aanshu Rahechhau)

 

  1. Best Musical Short Film – Actor

-Sanam Kathayat

(Bhulnai Gharo Bho)

 

  1. Best Musical Short Film – Actress

-Pabitra Shanki (Miss Pabi)

(Bhulnai Gharo Bho)

 

19 Musical Short Film-Singer

– Hemanta Shisir

(Sangai Juni Katamla)

 

  1. Best Musical Short Film- Dance choreographer

– Rabita Magar

(Think About You)

 

  1. Best Indigenous Films and Director

-Sagar Kerung

(K 2)

 

 

  1. Best Students Short Movie

– Mohan Avilasi

The School Wall

 

23 – Documentary and Docudrama/Director

– Shiva Puri

(Degined to Disappear)

 

  1. Best Short Film/Docudrama

-Shiva Puri

(Degined to Disappear)

 

  1. Outstanding Film Journalist of the year

Bishnu Prasad Subed-

(Media: Lens Nepal.com)

 

(International Category)

Winners

 

1 Best African Documentary

Zaid- Morocco

 

2 Best African Movie

Good Mother- South Africa

 

  1. Best International Documentary

Loni Tunes- India

 

  1. Best International Film

Sauda- Bangladesh

 

  1. International short documentary- Jury Award

The Temple of Eternal Sound – Argentina

 

  1. International Short Film – Special Mention Award

Giant Puppets For Digniofied Mensruations  – UK

 

Jury for National Category

  1. Milan Chams
  2. Raghunath sapkota
  3. sobha pandey
  4. sujata kc
  5. Roshan bk
  6. Rudra shekhar Sharma

 

Jury for International Category

  1. Ankit Bagchi
  2. Sahadutt Russel

3 Catherine Sofianos

4 Roshni kc

 

 

 

Special Thanks to the entire sponsors, supporters and medias for the support!

 

Organizers:

College of Journalism and Mass Communication

&

Bilakshan Creation Pvt Ltd

 

he judges for the international category were Catherine Sofianos from South Africa, Ankit Bagchi from India, Sahadutt Russel from Bangladesh and producer director actress Roshni Casey from Nepal.