ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन
मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को अडिसन सुरू भएको छ। शनिबार काठमाडौंस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरू गरिएको हो ।
शनिबारको अडिसनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो जजको भूमिका निर्वाह गरिन्। डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्व मिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्व मिस्टर इन्टरनेशनल मानस राई जजको रुपमा देखिए।
अडिसन सुरू गर्नुअघि प्रेस मिट राखिएको थियो। जहाँ यसवर्षको प्रतियोगितासहित अडिसनबारे जानकारी दिइयो। फागुन ३ गते काठमाडौंबाट सुरु भएको अडिसन देशभरिका सातै प्रदेशमा चल्नेछ। फेब्रअरी २४ देखि उपत्यकाबाहिर झापा, इटहरि, विरगञ्ज, चितवन, पोखरा, वुटवल, नेपालगञ्ज र धनगढीमा हुनेछ। जसको समयतालिका केही दिनमा सार्वजनिक गरिने बताइएको छ।
प्रतियोगितमा १८ देखि ३२ का महिला र १८ देखि ३४ सम्म पुरुषले अडिसन दिन पाउने सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा यस प्रतियोगिताका नेसनल डारेक्टर डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए।
नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ।
पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले पनि नेपालको बसाईं निकै रमाइलो लागिरहेको बताइन्। साथै आफू जज बन्न पाउँदा उत्साहित रहेको सुनाइन् ।