ब्युटी न्युज नेपाल
काठमाडौं, २७ माघ
नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो वार्षिक साधारण सभाको अवसर पारेर वनभोजसँगै साधारण सभा काठमाडौँको टोखा स्थित भुतखेल पार्कमा आयोजना गरेको छ । समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा वनभोज तथा साधारण सभा आयोजना गरिएको हो ।
सो साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको गतिविधिबारे पदाधिकारी तथा सदस्यहरूलाई प्रकाश पारिन् । समारोहमा उपस्थित कलाकार तथा सङ्गीतकर्मीहरूले गायन एवम् नृत्य प्रस्तुतिसँगै वनभोजको रौनक बढाएका थिए । कार्यक्रमलाई सहयोग गर्ने द्रौपदी र लाज शरणमका कलाकारहरू पनि वनभोजमा सहभागी भए ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजका प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा सो वनभोज कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा हास्यकलाकार कलाकार सुन्दर खनालको प्रस्तुति आकर्षक बन्यो ।
यस्तै अभिनेता सागर लम्साल बले, गजित बिष्टलगायतले पनि कार्यक्रमको रौनक बढाए । वनभोजमा संगीतकार नीर प्रसाद गुरुङ, थाली नृत्य कलाकार एलिजिबा पुर्जा पुन, गायिका सन्जु न्यौपाने, सुशीला थापा, कलाकार रेजिना श्रेष्ठ म्युजिक भिडियो निर्देशक विनोद बम, पूजा ठकुरी, पत्रकारहरू सानुकाजी श्रेष्ठ, सुमन वैरागी पण्डित, गीता अधिकारीलगायतका अतिथि थिए ।