६ दर्जन हलबाट चलचित्र जुना रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

चलचित्र जुनाः एक व्यथा शुक्रबारबाट मुलुकका करिब ६ दर्जन पर्दामा रिलिज भएको छ । चलचित्रको शुक्रबार बिहान प्रेस शो गरिएको थियो । प्रेस शोमा सञ्चारकर्मीले चलचित्रको राम्रै प्रसँसा गरे ।

चलचित्र जुनाःएक व्यथालाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन् । यसका निर्माता दीपकप्रसाद घिमिरे हुन् । आफुले यो चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको निर्माता घिमिरेले बताए ।

यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । यसमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत र रामेश्वर हुमागाईँको डिओपी छ ।

यो चलचित्र ग्रामीण क्षेत्रमा च्यारिटी शोपछि शहरका चलचित्र घरमा रिलिज गरिएको हो । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेको हो ।