ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ
चलचित्र द्रौपदीको गीत कर्णाली काटौला…को भिडियो सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि यो गीतको भिडियो रिलिज गरिएको हो । रवी ओड र इन्द्रकला राईले गाएको सो गीतमा कर्णालीका कथा समेटिएको छ ।
निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन ।
यो चलचित्र चैत ८ बाट प्रदर्शनमा आउने भएको छ । कार्यक्रममा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक बिषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्कीएको छ ।
डेब्यु अभिनेत्री आश्वीनी शाहीले ’द्रौपदीझ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो िकार्यक्रममा गायक–गायिका रबि र इन्द्रकलाले गीत गाउदा माहौल प्रेमील बनेको थियो । यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।
निर्माता तथा अभिनेता प्रकाश ज्ञावलीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउदै यसप्रकारका बिषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए ।
त्यसैगरि,अर्का अभिनेता कबिराम भामले पनि मैलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे । अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन । ’द्रौपदीझ बाट पर्दाको यात्रा सुरु गरेकी पहिलो संविधान सभाकी सभासद सीता बौडेलले राजनीति र अभिनय बिल्कुल फरक क्षेत्र भएको अनुभव सुनाउदै दुवैमा आ–आफ्नै प्रकारको लगाव र मिहिनेती चाहिने धारणा राखिन । उनले ’द्रौपदीझ जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरुले चासो दिनुपर्ने बताइन ।
०८ चैतबाट देशब्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन ।
सौरभ शर्माको पाश्र्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन । आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।