सारिकाको झुम्के फुलीको भिडियो रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ माघ

गायिका सारिका घिमिरेले नयाँ गीत झुम्के फुली…को भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा शब्द, संगीत र स्वरमा सारिकाकै रहेको छ । झम्के फुली गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन् । सार्वजनिक गरिएको नृत्य प्रधान गीतको भिडियोमा सारिका घिमिरे र अलिशा शर्माले अभिनय गरेका छन् ।

ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल बाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त रहेको छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन्।