रियालिटी शो कमेडी किड्स हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ माघ

वसन्त पञ्चमी को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ’कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ । काठमाडौंको मध्य बानेस्वरमा रहेको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा रियालिटी शो ’कमेडी किड्स’ को लोगो पनि सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्टसंग सम्झौता भएको पनि कार्यक्रममा जानकारी गराइयो ।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए।

फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ । शो प्रशारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।