ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ
प्रणय दिवसको अवसरमा २ फागुनबाट रिलिज हुन लागेको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सोमबार वसन्त पञ्चमीको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङमा देखिएको यौन दुर्बलताले निम्त्याएको आरोह अवरोहको संक्षिप्तता समावेश छ । ‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यसरी यौनाक्षालाई कविको भावबाट यसमा प्रस्तुत गरिएको छ ।
क्लर्क वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोक झोक र प्रेम भाव समेटिएको छ । उनीहरू भन्दा अघि दयाहाङ र दिया मास्केको यौन छटपट पनि उल्लेख छ ।
यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय छ ।