हिन्दी गीत ‘हमनवा’को भिडियो रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

गायिका रानी शाक्यले विनित सिंहसँगको सहकार्यमा नयाँ हिन्दी गीत ‘हमनवा…’को भिडियो सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज वीर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

सार्वजनिक यो गीतको भिडियोमा करण मेहरा र अम्बिका भानीको अभिनय गरेका छन् । सार्वजनिक गीतको भिडियोमा करण र अम्बिका एक अर्काको प्रेम भावमा देखिएका छन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णुको छायांकन, माभेरिकको सम्पादन छ । अमेरिकामा रहेर गीतसंगीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।