दर्शकलाई गम्भीर तुल्याउने चलचित्र रंगीको ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

काठमाडौँमा फुडमान्डुमार्फत घर घरमा खाना पुर्याउने एक युवा छोरीलाई औधी माया गर्छन् । तर तिनै छोरी गम्भीर बिरामी भएको जानकारी उनले पाएपछि साह्रै भावुक हुन्छन् । शुक्रवार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको चलचित्र रंगीको ट्रेलरको कथासार हो यो । जसमा बुबाको भूमिका अभिनेता सलोन बस्नेत र छोरीको भूमिका आयुशीले गरेकी छिन् ।

चलचित्रको ट्रेलरले नै दर्शकलाई भावुक बनाउन भने यो चलचित्रले दर्शकलाई रुवाउनेमा दुई मत छैन ।यो चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । अभिनेता सलोन बस्नेत नै रंगीका प्रस्तुत कर्ता हुन् । ट्रेलरमा बाबु र छोरीको स्नेह र मायासँगै संघर्षको पीडालाई देखाइएको छ ।

चलचित्र रंगी आगामी २ फागुनमा रिलिज हुँदै छ । यसलाई निर्देशन सुरेश न्यौपानेले गरेका हुन् । उनले चलचित्र रंगी पारिवारिक संघर्षको कथामा केन्द्रित रहेको बताए । यो चलचित्रमा सलोन बस्नेत, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुत कर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केबलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ ।