ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ माघ
मोडल हन्ट नेपाल २०२५ का महिला प्रतियोगीहरू काठमाडौंमा बिकिनीमा फोटो सुटको लागि उत्रिएका छन् । उनीहरू स्विमवेयर राउन्ड अन्तर्गत बिकिनीमा उत्रिएका हुन् ।
जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे ।
यो उपाधिको निर्णायकमा मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच), सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर) थिए ।
मोडल हन्ट नेपाल सिजन ९ मा फाइनलमा ५० मोडल प्रतियोगी छन् । जसमा ३३ महिला र १७ पुरुष छन् । ३३ मध्य ३२ युवतीले बिकिनी सुटमा भाग लिएका हुन् । प्रतियोगिताको फाइनल अर्को साता हुनेछ ।