लाज शरणमको टिजरमा लास माथिको राजनीति


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

अन्ततः चलचित्र ‘लाज शरणम्’को विषयबस्तु खुलेका छ । यो चलचित्र पनि वैदेशिक रोजगारीको समस्यामा केन्द्रित रहेको कुरा यसको बिहीबार सार्वजनिक टिजरले झल्काएको छ ।

वैदेशिक रोजगारीमा छोरा जाँदाको आसा र पछि त्यही छोरा कपनमा लास बनेर आउँदाको पीडा युक्त कथाको झलकलाई टिजरमा देखाइएको छ । लाससँगको राजनीति आरोह अवरोहको कथा पनि चलचित्रमा भएको टिजरले दर्साउँछ । तथापि टिजरमा धेरै कुरा लुकेको देखिन्छ ।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले चलचित्र लाज शरणम् बनाएको चलचित्र हो । यो चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू छन् ।

यस्तै सक्किगोनि टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’ कमलमणि नेपाल (खुपीका बाउ) आदि छन् । दीपक आचार्य (काकु) भने टिममा असहमत भएर बाहिरिएका कारण यो चलचित्रमा छैनन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । यसलाई १४ फागुन महाशिवरात्रिको अवसरमा प्रदर्शन गरिने भएको छ ।