ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ
नेपाली चलचित्र ‘एक्टर ः टेव वान’ र ‘एक्टर’ बिचको विवाद मिलेको छ । बिहिबार मध्यान्न दुबै चलचित्रका निर्माता आपसमा बसेर नाम सम्बन्धि समस्यालाई सुल्झाएका छन् । अब यो चलचित्र शुक्रबार बिहानैबाट सबैतिर रिलिज हुने भएको छ ।
मँगलबार काठमाडौं जिल्ला अदालतले अर्को आदेश नभएसम्म माघ २२ गतेसम्म प्रदर्शन नगर्न चलचित्र एक्टर टेक वानलाई आदेश दिएको थियो । सो अदालतका न्यायधिस ढाकाराम पौडेलको एकल इजालसले मँगलबार यस्तो अन्तरिम आदेश जारी गरेका थिए ।
एक्टरका निर्माता मनोहरि थापा, प्रस्तुतकर्ता सम्राट थापा तथा चलचित्र एक्टर टेक वानका निर्माता थमन कुमार भण्डारी, मोती कार्कीबीच अधिवक्त यज्ञमणि न्यौपानेको रोहबरमा एक्टर टेक वानक्रै नाममा यो चलचित्रलाई प्रदर्शन गर्न दिने सम्झौता भयो । सम्झौतापत्र यहाँ राखिएको् छ । भोली शुक्रबार बिहानैबाट देशभरका चलचित्र घरमा चलचित्र एक्टर टेव वानलाई रिलिज गरिने भएको छ । बिहिबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै दुबैपक्षबीच सहमती भएको जानकारी गराईँदैछ ।
बिहिबार नै चलचित्र विकास बोर्डमा पनि दुबै निर्माण पक्षबीच भएको सम्झौता पत्रलाई पठाएर चलचित्र प्रदर्शनको लागि अनुमति दिन अनुरोध गरिएको छ । चलचित्र संघ र निर्माता संघमा पनि सम्झौता पत्र पठाएको छ । अब २२ माघमा दुबै पक्षले काठमाडौं जिल्ला अदालतमा पुगेर सो सम्झौता पत्रलाई अधिवक्त मार्फत बुझाउने छन र यस अघि दर्ता गरिएको मुद्धा एक्टर पक्षले फिर्ता लिने भएको छ ।
यस अघि गत ४ माघमा नेपालका चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र एक्टरको निर्माण पक्षले यस्तै नाम भएको अर्को चलचित्र ‘एक्टर ः टेक वान’लाई यो चलचित्रको प्रदर्शन तत्कालै रोक्न र नाम परिवर्तन गर्नको लागि माग सहित काठमाडौँ जिल्ला अदालतमा शुक्रबार दिउँसो मुद्दा दर्ता गराएको थियो ।
चलचित्र एक्टरलाई मदन घिमिरेले निर्देशन तथा मनोहरि थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रिन्स थापामगर, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाललगायतको मुख्य भूमिका छ । यस्तै चलचित्र एक्टर स् टेक वानलाई राजन भुसालले निर्देशन गरेका हुन भने थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्य रायमाझी, राज बल्ल्भ कोईरालालगायतको शिर्ष भूमिका रहेको छ ।