ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ
डा. विक्रान्त मेहताले आफ्नो स्वरमा नयाँ गीत माया गर्ने मै हो…को भिडियो सार्वजनिक गरेका छन् ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रिदम कँडेलको ऐरेन्ज, नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ । पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहता र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरूका लागि उपहार हुन सक्छ ।
भिडियोमा मोडलद्धय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो । सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो । जसको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका हुन् ।