चलचित्र ममीको ट्रेलर नै डरलाग्दो


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

हरर जनरामा निर्माण भएको पछिल्लो चलचित्र ‘ममी’को ट्रेलर मंलगबार रिलिज गरिएको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा ममीका मुख्य कलाकार प्रिंयका कार्की र सुलक्षण भारतीको संवादसँगै निम्तिने विभिन्न समस्यालाई महत्व दिईएको छ । घरमा पालेको बिरालोदेखि विभिन्न बस्तुले भूतको आभास यसमा गराएको पनि ट्रेलरमा उल्लेख छ । १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा भययुक्त दृष्यहरु समेटिएको छ ।

चलचित्र ममीमा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

ममीको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।