कार्यक्रममा ढिला पुग्दा आफूलाई एन्जाईटी हुन्छ भन्छन् प्रदीप खड्का


ब्युटी न्युज नेपाल
काठमाडौै ६ माघ

अभिनेता प्रदीप खड्काले कसैलाई कुर्नु पर्दा आफूलाई सबैभन्दा दिक्क लाग्ने गरेको बताएका छन् । कुनै पनि कार्यक्रममा गाएर लामो समयसम्म पनि कार्यक्रम सुरु हुन नसक्दा आफूलाई व्यर्थ समय खेर गइरहेको जस्तो लाग्ने पनि यी अभिनेताले बताएका छन् । कहिलेकाहीँ विभिन्न परिस्थितिले आफू कार्यक्रममा ढिला पुग्दा त्यत्ति बेला आफूलाई साह्रै अप्ठेरो लाग्ने गरेको पनि यी अभिनेताले बताएका छन् ।

शुक्रवार ललितपुरको पुलचोक स्थित लविम मलमा राखिएको चलचित्र एक्टर : टेक वानको प्रेस मिटमा पत्रकारलाई बोलाइएको भन्दा दुई घण्टा ढिला कार्यक्रम सुरु गरिएपछि सञ्चारकर्मीले निर्माण पक्षप्रति टिप्पणी गरेका थिए । निर्माण पक्षको लापरबाहीले कार्यक्रम दुई घण्टा ढिला भएको अभिनेता प्रदीपले सो कार्यक्रममा स्विकार गरे ।

कार्यक्रममा अभिनेता प्रदीपले भने,‘कहिले काही म कार्यक्रममा ढिला नपुगेको हैन, तर आज म टाइममै आउँदा आउँदै पनि हाम्रो प्रोग्राम टाइममा सुरु हुन सकेन’, अभिनेता प्रदीपले सो कार्यक्रममा भने,‘म टिमको तर्फबाट अपोलाईज (क्षमा याचना) गर्छु, जुन सुरुमै गर्नु पर्ने थियो तर त्यो कुरामा ध्यान गएन ।’

यसरी कार्यक्रम दुई घण्टा ढिला भएपछि अभिनेता प्रदीप आफैँले निर्माण पक्षको तर्फबाट माफी समेत मागे । कार्यक्रम ढिला हुनुमा टिमको तर्फबाट आफू पनि भागिदार भएकाले माफी मागेको पनि उनले प्रष्ट पारे । तर अभिनेता प्रदीप खड्काले आफू बोलाइएको समय भन्दा चाँडो सो कार्यक्रममा आएको पनि प्रस्ट्याए । आफू फिल्मको एउटा पार्ट भएको र चलचित्र निर्देशकको मिडियम भएको पनि उनले स्मरण गराए ।

कार्यक्रममा अभिनेता प्रदीपले भने,‘म चहिले पनि कार्यक्रममा टाइममै पुग्न रुचाउने मान्छे हो । मलाई कार्यक्रममा ढिलो पुग्यो भने मलाई धेरै एन्जाईटी हुन्छ, ला मैले कत्ति जनालाई कुराई रहेको छु भन्या जस्तो लाग्छ’, त्यसैले आफू सकेसम्म जहिले पनि टाइममा पुग्ने गरेको उनले बताए । सुपर स्टार भएपछि कलाकारहरू कार्यक्रममा समयमा पुग्दैनन् भन्ने ब्युटी न्युज नेपालको प्रश्नमा अभिनेता प्रदीपले यस्तो जवाफ दिएका हुन् ।