बेहुली खोज्न घोडा चढेर भन्दै आए गायक प्रकाश कटुवाल


ब्युटी न्युज नेपाल
काठमाडौं २८ पुस

लोक तथा दोहोरी गायनमा फरक परिचय बनाएका गायक प्रकाश कटुवालले यतिबेला आफ्नो नयाँ लोक दोहोरी भाका ‘घोडा चढेर’ सार्वजनिक गरेका छन् । गायक कटुवालले यो गीतको भिडियोलाई आफ्नै प्रकाश कुटवाल अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

काँठो भाकाको यो गीत निकै रमाईलो छ । गीतमा गायक प्रकाश कटुवाललाई महिला स्वरमा गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन् । माघ महिना सुरु हुन लाग्दैगर्दा अविवाहितका लागि विवाहको प्रस्ताव राख्न सहज होस भनेर यो रमाईलो गीत सार्वजनिक गरेका गायक प्रकाश कटुवालले बताएका छन् । गीतमा मन परेको प्रेमीकालाई जन्तीसहित घोडा चढेर लाने कुरा गरिएको छ । गीतको बेला यस्तो छ,

‘ए सिउँदो भरेर
जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर
जन्ती अघि पछाडी घोडा चढेर…’

यो रोमाञ्चक शैलीको नृत्य प्रधान गीतलाई विनोद ढकालले लेखेका हुन् । गीतमा संगीत भने गायक प्रकाश कटुवाले नै सृजना गरेका छन् । यो गीतमा संगीत सँयोजन कमल सुरागले गरेका छन भने कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ । गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियो पनि त्यत्तिकै रमाईलो बनेको छ । विवाहको लागि सजाईएको जस्तो सुन्दर घरको आँगनमा बसेर दोहोरी खेल्दै गीतमा केटाले केटी पक्षलाई बेहुली बन्न प्रस्ताव राखेर र केटी पक्षले स्विकार नगरेको प्रसँगबाट गीतको भिडियो अघि बढेको छ ।

यो गीतको भिडियोमा काजिश श्रेष्ठ, लोमस शर्मा, गीता ढुंगाना र यशु भट्टराइको मुख्य भूमिका निर्वाह गरेका छन् । गीतको भिडियोमा अन्य कलाकारको पनि रमाईलो नृत्य एवम् अभिनय छ ।

गीत घोडा चढेरको भिडियोमा दुर्गा पौडेलको छायांकन, दिपक विष्टको सम्पादन रहेको, सरिता मगरको सृँगार, काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ । गीत र भिडियोलाई स्मृति म्युजिक प्रा.लि.ले निर्माण गरेको हो ।