ब्युटी न्युज नेपाल
काठमाडौं २८ पुस
मगर समुदायले माघ १ गतेलाई आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । त्यसैले उनीहरु माघे संक्रान्तिलाई विशेष दिनको रुपमा लिने गर्दछन् ।
यही नयाँ वर्ष अर्थात माघे संक्रान्तिको अबसर पारेर आज ‘माघे मेलैमा…’ गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर हो । यही जतिलाई लक्षित गरिएको यस गीतमा मगर समुदायको भेषभूषा, कला, संस्कृतिलाई समेटिएको छ ।
माघे संक्रान्ति अर्थात मगरहरुको नयाँ वर्षको अवसर पारेर यो गीतको भिडियोलाई आईतबार सार्वजनिक गरिएको हो । यो गीतमा सागर आले र मेलिना राईको स्वर रहेको छ । यी दुई कलाकारलाई सहयोगी स्वरमा रुबी सिञ्जली मगर, रिया गुरुङ, तेजेन्द्र दुरा, तेजेन्द्र गुरुङले साथ दिएका छन् । गीतलाई एमबी मगरको लेखेका हुन् । जसमा संगीत सँयोजन पनि पनि एमबीकै रहेको छ ।
यो गीतको भिडियोमा श्याम राना मगर र ज्याजीे मगरको मुख्य भूमिका रहेको छ । भिडियोका अन्य कलाकारमा सुमिना मगर, मुना मगर, बबिता गुरुङ, आरती गुरुङ, रिबिया गुरुङ, जिना गुरुङ, सोनी तामाङ, कासी गुरुङ, कुसुम गुरुङ, अनिशा मगर, इन्दिरा मगर, अलिशा मगर, आरुषि मगर, पुष्पा मगर, छिमी डोल्मा शेर्पालगायत रहेका छन् ।
यो गीतको भिडियोलाई निर्देशन रेश्मा थापा मगरले गरेकी हुन् । म्युजिक आईको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोमा सौल फेशनले पहिरन तयार गरेको हो । रिमा काउचा मगरको प्रस्तुतिमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई मगर समुदायसँगै सबैले मन पराउनु विश्वस यसका गायक गायिकाको रहेको छ ।