ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुस
चलचित्र ‘ममी’को पहिलो गीत म त यसै नक्कली…को भिडियो सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । समर निरौलाको डेव्यु निर्देशकिय यो चलचित्रको रिलिज गीतमा एसडी योगीको संगीत रहेको छ । गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । यो गीत समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री प्रिंयका कार्की र दीया मास्केले नृत्य गरेका छन् । विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
यो चलचित्र आगामी २४ माघमा रिलिज हुने छ । चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।