ब्युटी न्युज नेपाल
काठमाडौं, १७ पुस
नयाँ चलचित्र ‘कुस्ती’ निर्माणको घोषणा गरिएको छ । निर्देशक अनिल योञ्जन र कलाकार बुद्धी तामाङले तमु ल्होसारको अवसर पारेर सोमबार यो चलचित्रको निर्माण घोषणा गरेका हुन् । चलचित्रलाई अनिल योञ्जनले लेखेका छन् ।
यसैबीच यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरिएको छ । फस्ट लुक्समा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरलाई राखिएको छ । बाँकी कलाकारको चयन गरेर छायाँकनमा जाने निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा कलाकार बुद्धी तामाङको कथावस्तु रहेको छ । उनी यसमा निर्माताको रुपमा पनि जोडिएका छन् । यो चलचित्रलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने छ । कुस्तीलाई आगामी भदौमा रिलिज गरिने भएको छ ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रमा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा प्रस्तुत गरिने छ ।