बाल कलाकार सचिन परियार रहेनन


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ पुस

बालक गायक सचिन परियारको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिकले जनाएको छ । सचिनको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अस्वस्थ्य थिए । दम लगायतको समस्याबाट पीडित उनको सोही समस्याले निधन भएको चिकित्सकहरुले जनाएका छन् ।

सचिनका बाबु तेजेन्द्र परियार कलौटेले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आए पनि आफुले सक्दो उपचार गरिरहेका थिए । उनी पछिल्लो समय निकै कमजोर हुँदै गएको तेजेन्द्रले केही दिन अघि बताएका थिए । दिवँगत सचिनको आजै दाहसंस्कार गरिने बताईएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएर चचाएमा आएका थिए । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा अस्वस्थ्य कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।