ब्युटी न्युज नेपाल
काठमाडौं, १७ पुस
आगामी १४ फागुनमा प्रदर्शन हुने नेपाली चलचित्र ‘लाज शरणम्’को तीन वटा पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण पक्षले बुधबार तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।
दुई पोष्टरमा कफनलाई प्राथमिकता दिईएको छ । एउटा पोष्टरमा भने अघोरीलाई महत्व दिईएको छ । पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार समेटिएका छन् । चलचित्रको पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफन भित्र उनहरुलाई फरक मुद्रामा राखिएको छ ।
यस्तै दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । यो पोष्टरले विविध भाव वोकेको छ । तेश्रो पोष्टरमा अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ ।
यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका हुन् । चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । लाज शरणमलाई सुदीप बरालले छायांकन गरेुका हुन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।
वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।