अमेरिकामा गायन, प्रहसन र कविता बाचनका तीन कार्यक्रम हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुस

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ गरी तीन कार्यक्रमको घोषणा गरिएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यी कार्यक्रमबारे जानकारी दिईएको छ ।

अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुन लागेको हो । कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।

पत्रकार भेटघाटका क्रममा उनले भने,‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौँ र अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’

अब नाच्छ अमेरिका २ अन्तर्गत गायक बद्री पङगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानको प्रस्तुति रहने छ । यस्तै अब सुन्छ अमेरिका अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै अब हाँस्छ अमेरिका २ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।