नयाँ बानेश्वरमा पिंक पुतली रेष्टुरेन्ट, कलाकारको लाईभ गायन


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुस

नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ । यो रेष्टुरेन्ट नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको छ ।

काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्गमा चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ ।

रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ। डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ ।