ब्युटी न्युज नेपाल
काठमाडौं, २ पुष
चलचित्र कार्साङको रिलिज मिति नजिकिँदै छ । यो चलचित्रमा मुख्य भूमिकामा अभिनेता जितु नेपाल छन् । जितुले सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका थिए । उनी एकपछि अर्को गर्दै ठूलो पर्दामा पछिल्लो समयमा मुख्य भूमिकामा प्रस्तुत हुँदै आएका छन् ।
यसपटक उनले दयहाङ राईसँग कार्साङमा सहकार्य गरेका छन् । चलचित्र कार्साङमा उनको चरित्र कस्तो छ भन्ने प्रश्नमा यो चलचित्रमा आफुले दयाहाङको साथीको भूमिका निर्वाह गरेको उनले बताएका छन् ।
कार्साङमा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उनले दर्शकलाई हसाउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् ।
यसअघि दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए । यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्कीएका हुन् । यसैबीच, कार्साङले पब्लिसिटी सुरु गरेकोछ । पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।
आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र कार्साङले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् । यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुने निर्माणपक्षले जजनाएको छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।