रबिलाई हिरासतमा राख्न ५ दिन म्याद थप


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ मंसिर

रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धान गर्नको लागि अलादतले ५ दिनको म्याद थप गरेको छ । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालतमा उपस्थित गराएको थियो । तर उनलाई हिरासतमा थप ५ दिन राख्नको लागि न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले अनुमति दिँदै ५ दिनको म्याद थप गरेको हो ।

उनको बारेमा प्रहरीले अब थप अनुसन्धान गरेर फेरी अदालतमा बयानको लागि पठाउने भएको छ । उनको सबै अदालतमा बयान सकिएको बताइए पनि प्रहरीले अनुसन्धानको क्रम जारी राखेको छ ।

सहकारी ठगी प्रकरणमा उनी गत २ कात्तिकमा पक्राउ परेका हुन् । त्यसपछिबाट उनलाई पटक पटक म्याद थपेर चार वटा अदालतमा बयान दिनेक्रम हिजो मात्र सकिएको हो । रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद बिहिबार सकिएपछि अदालतबाट ५ दिनको म्याद थप गरिएको हो ।