ब्युटी न्युज नेपाल
काठमाडौं, २७ मंसिर
रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालतमा उपस्थित गराएको छ । उनलाई हिरासतमा थप ९ दिन राख्नको लागि न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस गरिरहेका छन् ।
यदि अदालतमा म्याद नथपेको खण्डमा उनी धरौटीमा छुट्ने पनि सक्ने बताईएको छ ।
सहकारी ठगी प्रकरणमा उनी गत २ कात्तिकमा पक्राउ परेका हुन् । त्यसपछिबाट उनलाई पटक पटक म्याद थपेर चार वटा अदालतमा बयान दिनेक्रम हिजो मात्र सकिएको हो । रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।