दिलिप र रञ्जु बने पिकनिक किङ र क्विन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ मंसिर

लायन्स क्लब अफ काठमाडौं अभियान र रोज ब्युटी एकेडेमीद्धारा विभिन्न कार्यक्रम सहित फेलोसिप बनभोज कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी र लायन्स क्लब अफ चाँगुनारायण वान टु नाईनको सहकार्य तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एलका गर्भनर सुमन भट्टको प्रमुख आतिथ्यतामा फेलोसिप बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न नाचगान र सौन्दर्य प्रतियोगितासहित आयोजना गरिएको सो कार्यक्रमका विशेष अतिथिहरुमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एलका पूर्वगर्भनर परमेश्वर बराल, डिस्ट्रिक एक्सक्युटिभ चिफहरु रेश्मा श्रेष्ठ, सुरेन्द्र पौडेल, सोभना बस्नेत, डिस्ट्रिक एक्सक्युटिभ को चिफ केशव पौडेल, डिस्ट्रिक सिनियर एड्भाईजर डा. प्रेम थापा, सिनियर एओजी धर्मनाथ शर्मालगायत थिए ।

लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष नकुल गिरीको अध्यक्षता तथा लायन एवम् रोज ब्युटी एकेडेमीकी अध्यक्ष बरिष्ट सौन्दर्यवीद सोनी कारंजितको संयोजकत्वमा सो कार्यक्रममा पिकनिक किङ र पिकनिक क्विन २०८१को पनि घोषणा गरियो ।

समारोहमा पिकनिक क्वीनको उपाधि रञ्जु मगरले जितिन् । यस्तै फस्ट रनर अपको उपाधि सोनिया चौलागाई र सेकेन्ड रनरअपको उपाधि सलिना भण्डारीले जितेका छन् । यसैगरी सोही कार्यक्रममा पिकनिक किङको उपाधि दिलिप शाहीले जिते भने फस्ट रनरअप अभिषेक गिरी र सेकेन्ड रनरअप रजक चिन्तु घोषित भए ।

उनीहरुलाई बरिष्ट सौन्दर्यवीद् तथा लायन सोनी कारंजित, अभियानका अध्यक्ष नकुल गिरी, उपाध्यक्ष परिसी कारंजित, कोषाध्यक्ष सुरेन्द्र गिरीलगायतले क्राउन तथा मायाँको चिनो प्रदान गरे ।

सो पिकनिक फेलोसिप कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, लायन्स क्लब अफ चाँगुनारायण वान टु नाईनका अध्यक्ष प्रलाद वास्तोलालगायतले पनि साथ दिएका थिए ।

समारोहमा अभियानका पूर्व अध्यक्ष सुन्दर थापा क्षेत्री सहित अभियान र अन्य क्लकका विभिन्न पदाधिकारी एवम् सदस्यहरु सहित अभिनेता गजित बिष्ट, मिसेस नेपाल वल्र्डका आयोजक तथा इभेन्ट डिरेक्टर निशुकान्त झा, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, ब्युटिसियन सम्झना पोखरेलसहित विभिन्न अतिथिहरुको पनि उपस्थिति थियो । सो पिकनिकबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने अभियानका अध्यक्ष नकुल गिरीले कार्यक्रममा बताए ।