नयाँ बानेश्वर छक्कुबक्कुमार्गमा खुल्यो इनस्टाइल ब्युटी हब


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ मँसिर

सुट माला जस्तो लोकप्रिय सुट हब ( टेलर) सञ्चालन गर्दै आएका युवा व्यबसायी राज कार्कीले सौन्दर्य व्यबसाय पनि सुरु गरेका छन् । उनले आफ्ना साथी इन्द्र तामाङसँग मिलेर काठमाडौंको नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब सञ्चालन गरेका छन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालन गर्ने निर्देशक राज कार्कीले जानकारी गराए ।

यो ब्युटी हवको नायिका रेखा थापा र मिसेस नेपाल वल्र्ड २०२४की बिजेता डा. डेनिला कार्कीले रिवन काटेर सोमबार उद्घाटन गरेका छन् । महिला र पुरुष दुबैलाई लक्षित गर्दै इनस्टाइल ब्युटी हब सञ्चालनमा ल्याएको सञ्चालक राज कार्कीले कार्यक्रममा बताए ।

अभिनेत्री रेखा थापाले पनि सुविधा सम्पन्न यो ब्युटी हब सञ्चालनमा आएकोमा राज र इन्द्रलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरिन् । उनले यो पर्लरमा आगामी दिनमा आफु पनि सेवा लिन आउने प्रतिबद्धता जनाईन् । समारोहमा मिसेस नेपाल वल्र्ड डा. कार्कीले पनि इनस्टाइल ब्युटी हबको सफलताको शुभकामना दिँदै यो सलुनले नारी र पुरुष दुबैको सुन्दरतामा अझ निखार ल्याउने विश्वास आफुले लिएको बताईन् ।

कार्यक्रममा सो ब्युटी हबकी लक्ष्मी तामाङले आफुले दुबईमा सिकेको सिप अनुसार आधुनिक प्रविधिबाट सेवा दिन जानकारी गराईन् । आफुले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएको सो ज्ञान यहाँ अरुलाई बाड्ने पनि उनले बताईन्,‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’ हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको उनले जनाईन् ।

कार्यक्रममा बोल्दै अर्का सञ्चालक इन्द्र तामाङले इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा एक महिनासम्म २५ प्रतिशत छुटको अफर ल्याएको बताए । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने उनले जानकारी गराए । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताए ।