महाभोज निर्देशन गर्दै दिनेश राउत


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ मँसिर

चलचित्र ‘पुजार सार्की’को सफलतापछि निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा नयाँ चलचित्र ‘महाभोज’ निर्माणको घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको नाम पनि सार्वजनिक गरेका छन् । यस अघि गावैं रमाईलो भन्ने नाम राख्ने तयारी गरेता पनि अन्त्यमा यो चलचित्रको नाम महाभोज राखिएको छ ।

चलचित्र महाभोजमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ ।
निर्देशक दिनेश राउतले महाभोज सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन्,‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ ।’ उनले भने ।

आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ । यसअघि नाङ्गो गाउँ, दुखी आत्मा जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।