सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, १२ मँसिर
२०८० सालको राष्ट्रिय चलचित्र पुरस्कार तर्फ सर्वाृेत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रसाद २ बाट विपिन कार्की तथा चलचित्र दिमाग खराबबाट स्वस्तिमा खड्काले हाँसिल गरेकी छिन् ।
चलचित्र विकास बोर्डद्धारा बुधबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजना गरिएको राष्ट्रिय पुरस्कार समारोहमा विपिन र स्वस्तिमा सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड चुमेका हुन्।
उनीहरुसहित अवार्ड बिजेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गरे । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा सर्वोत्कृृष्ट निर्देशकको अवार्ड चलचित्र ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जिते भने सर्वोत्कृष्ट चलचित्रको अवार्ड बुलाकीले पायो । सो समारोहमा दीर्घ साधना सम्मानबाट प्रथम नेपाली रँगिन चलचित्र कुमारीकी अभिनेत्री चैतेदेवी सिंहलाई सम्मानित गरियो ।
चलचित्र बुलाकीबाटै सर्वोत्कृष्ट लेखनको अवार्ड राजबहादुर साने र सर्वोत्कृष्ट छायाँकारको अवार्ड शिव ढकालले प्राप्त हाँसिल गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापतित्वमा सम्पन्न सो समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अवार्ड बिजेताहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रिय चलचित्र ऐन चाँडै ल्याउने प्रतिवद्धता जनाए । समारोहमा बोर्ड अध्यक्ष डिसीले २०८० सालमा रिलिज भएर यो अवार्डका लागि समावेश भएका चलचित्र र राष्ट्रिय चलचित्र पुरस्कारबारे कार्यक्रममा प्रकाश पारे ।समारोहमा अवार्ड तथा सम्मानबाट सम्मानित चलचित्रकर्मीहरु यस प्रकार छन् ।
राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरुः
उत्कृष्ट चलचित्रः बुलाकी
उत्कृष्ट अभिनेताः बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कारः
अभिनेत्री– स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र– जारी (वि.सं. २०८०)
विशेष चलचित्र पुरस्कारः
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
विशेष योगदान सम्म्मानः
तैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
सबिता गुरुङ – कलाकार
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/ निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामाङ – कलाकार
भोज बहादुर गुरुङ – निर्देशक / निर्माता