बालकोट हनुमन्ते करिडोरमा सूर्यविनायक महोत्सव सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ मँसिर

लोक संगीतको पवर्धनमा निरन्तर योगदान दिँदै आएको राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना शुक्रबार ७ मँसिरबाट प्रथम सूर्यविनायक कृषि, साँंस्कृतिक तथा व्यापार महोत्सव २०८१ सुरु भएको छ । यो महोत्सब आगामी २२ मँसिरसम्म जारी रहने आयोजक संस्था राष्टिय लोक साँंस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुँगानाले उद्घाटन समारोहमा जानकारी गराए । यो महोत्सबको नारा भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरबपूर्ण शान, सूर्यविनायकलाई पहिचान गराउने महान अभियान राखिएको छ ।

सूर्यविनायक नगरपालिका ३ बालकोट हनुमन्ते कोरिडोर आयोजना गरिएको यो महोत्सबको बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पानसमा बत्ती बालेर भव्य समारोहवीच उदघाटन गरेका छन् । समारोहलाई सम्बोधन गर्दै यस्तो महोत्सबले आन्तररिक पर्यटनसँगै कृषी तथा स्थानीय उधोग तथा व्यापारको प्रवर्धन हुने विश्वास आफुले लिएको बताए ।

समारोहमा भक्तपुरका संघीय सांसद दुर्लभ थापाले महोत्सबको सफलताको शुभकामना व्यक्त गर्दै महोत्सबले भक्तपुरको सूर्य विनायक नगरपालिकालाई अझ बृहत रुपमा चिनाउने बताए ।

समारोहमा मुख्य आयोजक संस्थाका अध्यक्ष नमराज ढुँगानाले आफु पनि भक्तपुर सूर्य विनायक बासी भएकाले आफ्नो क्षेत्रको प्रवर्धनको लागि यो बृहत महोत्सब आयोजना गरिउको बताए । महोत्सबको उदेश्य भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउनु रहेको उनको कथन थियो ।

सँयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालि आयोजक रहेको यो महोत्सबमा आयोजकका तर्फबाट गायक सानु केसी, गायक सुवास महतले पनि महोत्सब आयोजना गर्नुको बारे प्रकाश पार्दै स्थानीय उत्पादनको प्रवर्धनसँगै दुई सातासम्म दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतले यो मेला सँगीतमय बन्ने जानकारी गराए ।

उदघाटन कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं २ का वडा अधयक्ष प्रदीप कार्की, वडा नं ३ का वडा अध्यक्ष दीपेन्द्र केसी, नेकपा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम वस्नेत तथा स्थानीय विभिन्न संघ संस्थाका पदाधिकारीहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । महोत्सबमा बिदाको दिन बाहेक अरुबेला प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ ।

मेलाको क्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एकएक वटा स्टल निःशुल्क रुपमा उपलव्ध गराउने र ती स्टलहरुमा वडाबासीहरुले आआफना उत्पादनहरु राखेर वेच्न सकिने जनाइएको छ । साथै विभिन्न प्रतियोगिताहरु पनि गरिने जनाइएको छ । साथसाथै मेलामा अन्य मेलाहरुमा जस्तो नभई स्थानीय खेलहरुमा जोड दिने जनाइएको छ ।