सुँगुरको मासुमा पल्केर भन्दै शाइल र सम्झना


ब्युटी न्युज नेपाल
काठमाडौं ३० कात्तिक

नयाँ गीत ‘सुँगुरको मासुमा पल्केर दुई…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत र भिडियो पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी बढीरहेको बेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेको छ ।

सुँगुरको मासुमा पल्केर दुईमा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको यो भिडियो जि. मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यो गीतको भिडियोमा कलाकार यासेली योङहाङ, मोडल डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, ‘हाङ बारे’ बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु, आदि रहेका छन् ।

प्रकाश आङ्बुहाङ ‘हाङ्बारे’ निर्माता रहेको यस भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन रहेको छ । भिडियोमा दिनेश माङ्गमुको कोरियोग्राफी र बिजय मगरको निर्देशन रहेको छ ।