ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । सीआईबीको टोलीले आज बिहान मनाङेलाई काठमाडौंको सानोभ¥याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो ।
अदालतले उनलाई ज्यानमार्ने उद्योगमा दोषी ठहर गरेपछि मनाङ विगत एक सातादेखि फरार थिए । सुराकीको आधारमा सिआईबीले उनलाई पक्राउ गरेको हो । सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि एक साता अघि नै अदालतले मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए । यसरी पक्राउ परेका उनलाई आजै अदालतमा उपस्थित गराइने भन्दै प्रहरीले कानूनी प्रकृया मिलाईरहेको छ । थापाका अनुसार उनलाई अदालतमा उपस्थित गराएर अदालतको कानूनी प्रकृया पुरा गरेपछि बल्ल कारागारमा पूर्वक्षका लागि पठाईने भएको छ ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।