पूर्णबहादुरको सारँगीको नेपालमा ११ दिनमा २० करोड ७३ लाखको व्यापार, तोड्दै सबै रेकर्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ कात्तिक

एकै दिनमा ९८ वटा हलमा ४६५ शो प्रदर्शन गरेर नेपाली चलचित्रको इतिहासमै एकदिन सबैभन्दा बढी शो प्रदर्शनको रेकर्ड बनाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले ब्यबसायिक रेकर्डमा पनि सबै नेपाली चलचित्रलाई जित्ने भएको छ । यसको नेपालको बक्स अफिसमा प्रदर्शनीको ११ औं दिन (आईतबार)सम्म २० करोड ७३ लाख रुपैयाँको ग्रस ब्यापार गरेका छ । यो चलचित्रले देशभर आइतबार मात्रै २ करोड ७५ लाख ग्रस व्यापार गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । वितरक कम्पनीले सोमबार यो व्यबसायिक विवरण सार्वजनिक गरेको हो ।

यो चलचित्रले अब छोटो समयमा सबैभन्दा बढी ब्यापार गर्ने नेपाली चलचित्रको इतिहास बनाउने भएको छ । तेश्रो सातामा प्रवेश गर्दा यो चलचित्रले नेपालको बक्स अफिसबाट ३० करोड माथिको व्यापार गर्ने अनुमान वितरक कम्पनीको छ । यसो भएको खण्डमा नेपाली चलचित्रको सबैभन्दा बढी व्यापारको रेकर्ड चलचित्र पूर्णबहादुरको सारंगीले राख्ने छ ।

सरोज पौडेलले निर्देशन गरेको यो चलचित्रलाई तीन दिन अघि कथा चोरीको आरोप पनि लागेको हो । तर यसलाई निर्देशक तथा कथाकार पौडेलले खण्डन गरेका छन् । उन आफ्नो उपन्यास सँग्रामपुरको कथा चोरेर यो चलचित्र बनाएको भनेर दावी गरेको उपन्याकार डा. शिवशँकर वस्यालले सोमबार यो उपन्यासको अडियो भर्सन अच्युत घिमिरेको वुलुवुल च्यानलमा रिलिज गर्दै उपन्यासको सुनेर तथा चलचित्र हेरेर दुबैलाई दाँज्न दर्शकलाई अनुरोध समेत गरेका छन् ।