ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक
दोश्रो सातामा प्रवेशसँगै चलचित्र पूर्णंबहादुरको सारंगीले नेपालका हलहरु कब्जा गरेपछि अब यो साता रिलिज हुने चलचित्रलाई गम्भिर असर पर्ने भएको छ । यही असरलाई मध्यनजर राख्दै कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शन स्थगित भएको छ । पूर्णबहादुरको सारंगीतको सिनेमा हलमा दवदवा बढेपछि ३० गतेबाट चलचित्र मिसिङ ः केटी हराएको सूचना भागेको हो ।
यो चलचित्रको निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको बताएको छ । बिज्ञप्तिमा पूर्णबहादुरको सारंगीको कारणले पनि यो चलचित्रको प्रदर्शन हाललाई स्थिगित गर्नु परेको दाबी गरिएको छ ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको यो चलचित्रमा दीपेन्द्र गौचनको निर्देशन छ । नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।