थाइल्याड उडे ‘नेसनल किड्स अफ द इयर’का विजेताहरु


ब्युटी न्युज नेपाल
काठमाडौंँ, २३ कात्तिक

‘नेसनल किड्स अफ द इयर २०२४’का विजेताहरु अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगिताको लागि शुक्रबार बिहान थाईल्यान्ड तर्फ उडेका छन् । ‘नेसनल किड्स अफ द इयर २०२४’ का विजेताहरु नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाईल्याण्ड उडेका हुन् ।

‘नेसनल किड्स अफ द इयर २०२४’ को आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारको सँयोजकत्वमा यी चार बिजेताहरु थाईल्यान्ड गएका हुन् ।

९ नोभेम्बर देखि १८ नोभेम्बरसम्म थाईल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्ने पनि धिरजले बताए । सो प्रतियोगिताको फाईनल भने यही १६ नोभेम्बरमा हुने भएको छ । धीरज हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत हुन् ।

सहभागि बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् । हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन् ।

थाइल्याण्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राइले बालबालिकाहरुलाई जितको शुभकामना व्यक्त गर्दै आ–आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गरेका थिए । मन्त्री राईसँंगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड उडेका हुन् ।