ब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक
रजपटक अँकलको नामले परिचित बरिष्ट चलचित्र पत्रकार प्रकाश सुवेदीले आफुलाई बिगत केही दिन यताबाट ज्यानमार्ने धम्की आएको बताएका छन् । साँढे तीनदशक भन्दा लामो समयदेखि निरन्तर चलचित्र पत्रकारिता गर्दै आएका प्रकाश सुवेदी केही वर्ष यताबाट एपीवान टेलिभिजनमा रजतपटक र प्रकाश सुवेदी शो सहित दुईवटा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
त्यसो त उनी प्राय विवादमा परिरहने पत्रकार हुन् । चलचित्र क्षेत्रमा खरो पत्रकार भनेर चिनिएका उनी चलचित्र जगतका बास्तविक कुरालाई मिडियामा खुलस्त रुपमा ल्याउने पत्रकार भनेर पनि चिनिने गरेका छन् । सोही कारण आफ्ना धेरै दुश्मन हुने गरेको उनले बताएका छन् ।
शुक्रबार दिउँसो ऋचा घिमिरे र शँकर घिमिरेले निर्माण गरेको तथा विपिन कार्की र वर्षा राउतले मुख्य भूमिका निभाएको चलचित्र तेल भिसाको ट्रेलर रिलिज समारोहमा पुगेका पत्रकार प्रकाश सुवेदी त्यो कार्यक्रममा निकै हतास देखिन्थे । यसपटक प्रकाश सुवेदीलाई चलचित्र क्षेत्र भन्दा बाहिरको दुश्मनले आफ्नो ज्यान दिने धम्की दिईरहेको महसुस भईरहेको छ । चलचित्र तेलभिसाका कलकार र निर्माण पक्षलाई शुभकामना दिने क्रममा उनले आफुलाई यसरी अपरिचित नम्बरबाट बारम्बार मर्ने धम्की अएको बताएका हुन् । आफुलाई मार्नको लागि सकैले २ करोड रुपैयाँको सुपाडी लिएर बारम्बार अपरिचित नम्बरबाट धम्की दिईरहेको पनि सुवेदीले बताएका छन् ।
यसरी बारम्बार अपरिचित नम्बरबाट आफुलाई मार्ने धम्की आएपछि उनी शुक्रबार नै प्रहरी कार्यालय पुगेका छन् । यो धम्कीको बारेमा आफुले शुक्रबार नै प्रहरीलाई भेटेर जानकारी गराएको पनि पत्रकार प्रकाश सुवेदीले बताएका छन् । बिगतमा पनि प्रकाश सुवेदीलाई यस्तो धम्की आउने गरेको थियो । तर यसपटकको धम्की केही फरक भएको पनि सुवेदीले बताएका छन् ।