डोनाल्ड जे ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ कात्तिक

आफ्नो प्रतिद्धन्द्धी डेमोक्र्याटकी उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा आज निर्वाचित भएका छन् । एक एक पटकको ग्यापमा फेरी दोश्रो पटक अमेरिकाको राष्ट्रपतिमा आज निर्वाचित भएका हुन् । उनी आगामी ४ वर्षका लािग अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तथापि अमेरिकी निर्वाचन आयोगले उनको बिजयीबारे आधिकारिक घोषणा गर्न बाँकी छ ।

यसरी निर्वाचनमा २७९ इलेक्टोरल भोट प्राप्त गरेर बिजयी भएका ट्रमले अब पार्लियामेन्टबाट यी २७९ संसादबाट मत प्राप्त गर्नु पर्नेछ । त्यसपछि उनी आधिकारिक राष्ट्रपति मानिनेछन् ।

हिजो भएको अमेरिकाको निर्वाचनमा राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ प्राप्त गरेका छन् । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ । उनका प्रतिद्धन्द्धी कमला ह्यारिसले २२३ मात्र इलेक्टोरल भोट प्राप्त गरिन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । दोश्रो पटक पराजित भएर पनि विभिन्न मुद्धाको सामना गर्दै उनी तेश्रो पटकको प्रयासमा यसपाली फेरी बिजयी भएका हुन् ।